तनहुँ । तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा. वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्र्तवार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य रहेका डा काफ्लेले प्रतिवेदनको मस्यौदामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।
डा. काफ्लेसँग यसअघि गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ ।








