एमालेबाट निर्वाचित वडाध्यक्षले कुटे प्रधानाध्यापक

सर्वज्योति
  • ख-
  • ख+

एमालेबाट निर्वाचित वडाध्यक्षले वडाध्यक्षले विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेका छन्।

घोराही उपमहानगरपालिका – १४ का वडाध्यक्ष भानसिंह बुढाले शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढा माथि कुटपिट गरेका हुन्।

विद्यालय व्यवस्थापन समितिको गठन गर्न बसेको बैठकमा वडाध्यक्ष बुढाले प्रअ बुढामाथि हातपात गरेको बैठकमा सहभागी एक सदस्यले बताए।

‘सुरुमा वडाध्यक्षले हात हाले। त्यसपछि मलाई भूइमा ढालेर निर्घात कुटपिट गरे, उनले भने।

वडाध्यक्षपछि प्रेम बुढा, सुजन बुढा लगाएत दश बाह्र जनाले मुक्का र लात्तीले निर्घात कुटपिट गरेको प्रअ बुढाले बताए।

बुधबार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्नका लागि भेला बोलाइएको थियो। त्यो भेलामा उपस्थित अभिभावको संख्या निकै कम थियो । त्यसपछि प्रअ बुढाले भेलाका लागि कोरम नपुगेको हुँदा त्यो भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्न नसक्ने बताएका थिए।

‘मैले पचास प्रतिशत भन्दा बढी संख्या पुगेपछि मात्रै नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको कुरा लेख्छु भन्ने कुरा गरेको थिए,’ प्रअ बुढाले भने, ‘आफूले भनेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा नहुने भएपछि वडाध्यक्ष र उनका गुन्डाहरुले म माथि सार्वजनिक रुपमै निर्घात कुटपिट गरे ।’

वडाध्यक्ष बुढाले कोरम नपुगेपनि भनेका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रअ बुढालाई बलजफती माइनुट लेख दबाव दिएको आरोप छ।

‘वडाध्यक्ष पनि एमालेबाट निर्वाचित हो र म पनि एमाले समर्थक नै हुँ,’ प्रअ बुढाले भने ‘ तर, म गलतलाई सही भन्न सक्दिन । कोरम नपुग्ने र वडाध्यक्षले भनेका व्यक्तिलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउनु गलत हो भनेपछि ममाथि आक्रमण भएको हो ।’

प्रअ बुढाका अनुसार अवधी सकिएका कारण फागुन ४ गते यता विद्यालय व्यवस्थापन समिति अध्यक्षविहीन छ । सोही बिषयमा छलफल गर्न तथा नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न तेस्रो पटक भेला बोलाइएको थियो।

बुधबारको भेलामा पनि कोरम नपुगेका कारण फेरि अर्कौ बैठक बस्नु पर्ने अडान प्रअले लिएपछि वडाध्यक्ष र उनको समूह कुटपिटमा उत्रिएका थिए ।

स्रोतका अनुसार वडाध्यक्ष बुढाले घोराही बजारमा बस्ने गणेश श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष बनाउन खोजेका थिए । जसका लागि वडाध्यक्ष फर्जी हस्ताक्षर पनि संकलन गरेका थिए।

यसैबीच अखिल ९क्रान्तिकारी० दाङका अध्यक्ष गोविन्द मल्ल, अखिल (क्रान्तिकारी) दाङका इञ्चार्ज सोमपाल कामी, अखिल (क्रान्तिकारी) दाङका संयोजक इन्दु वली, अखिल छैठौं (दाङ) का अध्यक्ष सेवक भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै कुटपिट घटनाको निन्दा गरेका छन् ।

बिद्यालयका प्रअ बुढाका साथै नेकपा अखिल (क्रान्तिकारी) बहुमत निकटका केन्द्रीय समिति सदस्य तथा दाङ जिल्ला अध्यक्ष नरेन्द्र विक, अर्का विद्यार्थी नेता पवन विश्वकर्मा माथि छलफलका क्रममा एकाएक वडाध्यक्ष बुढासहितका व्यक्तिहरुले कुटपिट गरेको भन्दै दोषी माथि कारबाहीको माग गरिएको छ।

वडाध्यक्ष बुढाले भने आफूमाथि लगाइएको आरोप गलत भएको बताए ।

हामीले अभिभावक सदस्य चुन्ने क्रममा प्रअले माइन्युट लेख्न नमानेपछि अभिभावकका बीचमा आपसमा भएको विवाद र कुटाकुट हो,’ उनले भने, ‘ स्थानीय सरकारको बिद्यालय निरीक्षक पनि त्यही हुनुहुन्थ्यो, उहाँले पनि सहमति हुन्छ भने माइनुट लेखौं भन्दापनि प्रअले म लेख्दै लेख्दैन भन्नुभयो । उहाँले मान्दै नमानेपछि भएको विवाद हो।’

अभिभावक बाहेकका बाहिर बाट ल्याइएको पाँच जना गुन्डाहरु मध्ये एक जनाले मलाई मुख सम्हालेर बोल्, भनेपछि अभिभावकहरु त्यस्को विरोधमा उत्रिएका हुन्,’ वडाध्यक्ष बुढाले भने।

आफूले कुटपिट पनि नगरेको र कुटाइपनि नखाएको हुँदा आफूमाथि निराधार आरोप लगाइएको उनले बताए ।

बरु उल्टै उनले बाहिर बाट ल्याएका गुन्डाको आक्रमणबाट श्रीधर गिरी र दानबहादुर पुन गरि दुई जना अभिभावक घाइते भएको हुँदा अस्पतालमा उपचार जारी रहेको पनि वडाध्यक्ष बुढाले बताए ।

घाइतेहरुले बिहीबार प्रहरीमा निवेदन हाल्न खोजी रहेको उनले बताए ।
सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?