ऋषिङ प्रहरी चौकीका ४३ बर्षिय वरिष्ठ हवल्दार झुण्डिएको अवस्थामा मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकैको अम्बाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष बिश्वकर्माले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?