पोखराका फाइल फर्छ्यौट शाखाका कपिल गिरी घुससहित महानगर गेटबाट पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकाका फाइल फर्छ्यौट शाखामा कार्यरत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बिहीबार २५ हजार घुससहित महानगरको गेटबाट पक्राउ गरेको हो ।
अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए । गिरी अहिले अख्तियारको नियन्त्रणमा रहेको पाण्डेले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?