तनहुँ । गोरखाका २५ बर्षिय अनिल अधिकारी लागु औषधसहित तनहुँमा पक्राउ परेका छन् । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारी चोक बस्ने बर्ष २५ अधिकारी प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ८ गते बिहान ६ बजेको समयमा तनहुँकोआबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पक्राउ परेका हुन् । काठमाण्डौबाट गोरखा तर्फ जान आउदै गरेको बा. प्र. ०१.००६ ख.३९७६ नम्बरको बसमा यात्रा गरिरहेका अधिकारीले जेब्रा झोला भित्र चाउचाउ को कार्टुनमा लुकाई छिपाई राखेको Tramadol लेखेको पत्तामा ५८८ क्यप्सुल लागु औषध सहित निजलाई नियन्त्रणमा लिइर्एको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् । साथै थप अनुसन्धान पनि भईरहेको सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् ।








