९ उपसचिवको सरुवा, ६ जनालाई सहायक सीडीओको जिम्मेवारी (सूची)

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ ।  गृह मन्त्रालयले ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

गृहमन्त्री रमेश लेखक लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत र मन्त्रालय भन्दा बाहिर कार्यरत ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

जसमा मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयमै कार्यरत हरिबहादुर भुजेललाई अध्यागमन कार्यालय पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई मन्त्रालय तानिएको छ भने मन्त्रालयका उपसचिव सुवास पौडेललाई कारागार कार्यालय भिमफेदरी मकवानपुरमा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ ।

यस्तै, बिहीबार मात्रै गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै २ जना उपसचिवको पनि सरुवा गरेको थियो । जसमा मन्त्रालयमा कार्यरत कैलाशबहादुर ठकुराठीलाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो भने त्यहाँ कार्यरत ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?