तनहुँ । ५ दिन अघि आँबुखैरेनीको एक्लेफाँट बाट हराएका राहुल कुमालको शव भेटिएको छ ।। गोर्खा जिल्ला नौ किलो बस्ने ३० वर्षका राहुल कुमालको शव मर्स्याङदी ड्यामको पानी भित्र ढुँगाको खोंचमा अड्किएर रहेको अवस्थामा सशस्त्र प्रहरी बल मनकामना गण भानुका प्रहरीले भेटेको हो । नदीमा डुबेर हराएका कुमालको खोजी गर्ने क्रममा शव भेटिएको सशस्त्र प्रहरी बल मनकामना गणका सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिएका छन् । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार लम्सालको कमाण्डमा शसस्त्र प्रहरीको विपत् प्रतिकार्य टोलीले शनिबार बिहानै शव निकालेको प्रहरीले जनाएको छ ।
शारीरिक अपांगता भएका कुमाल विगत ५ दिन अघि आँबु २ एक्लेफाँटबाट हराएका थिए ।








