बाबुले चलाएको ट्रकले किचेर ३ बर्षिय छोरीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

बनेपा । काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नम्बर– ४ मा बा ४ ख ८५९२ नं को महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको हो ।

उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिए ।

सो गाडी उनका बाबु सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर–१ घर भएका बराल नालामा परिवारसहित बस्दै आएका थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।

रातोापाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?