रवीन्द्र मिश्र र धवलशमशेरलाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनले २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको उनले बताए ।

राप्रपाले तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको दाबीसमेत गरेको छ ।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा मिश्र र राणालगायतका पक्राउ परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?