सरकारले रवीन्द्र मिश्र र धवल शमसेर राणालाई रिहा नगरेपछि राप्रपाले देशभर निकाल्यो मसाल जुलुस

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो ।

यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।

राप्रपाले साँझ काठमाडौं उपत्यकाका चावहिललगायत स्थानमा र देशभरका जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्नुका साथै प्रदर्शन पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?