सांसद एवंं राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको हो ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको ४, ५ महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?