बिमल नगरको चुन पहरामा भिरबाट खसेको ढुगां लागि एक्साभेटर चालक सुकबहादुर गुरुङको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दिपुर गाँउपालिका वडा नं. ४ बिमल नगरको चुन पहरामा भिरबाट खसेको ढुगां लागि एक्साभेटर चालकको मृत्यु भएको छ । आज दिउँसो करिब ३ः१५ बजेको समयमा बिमलनगरको चुन पहरामा पृथ्वी राजमार्ग सडक खण्डमा सडक निर्माण गर्न प्रयोग भएको चाइनिज कम्पनीको न्द्द२ण्ज्ञघ नं. को एक्साभेटर बिग्रिएर मर्मत गर्ने क्रममा रहेको सोही एक्साभेटरका चालक तनहुँको व्यास नगरपालिका वडा नंं ७ बस्ने बर्ष अन्दाजी ४० बर्षिय सुक बहादुर गुरुङको मृत्यु भएको हो । बिग्रिएको एक्साभेटर मर्मत गरिरहेका गुरुङलाई माथि भिरबाट अचानक खसेको ढुङ्गाले लागि घाइते भएका थिए । घाईते गुरुङलाई तत्काल डम्रेको अस्पतालमा प्रारम्भिक उपचार गरि थप उपचारको लागी सिएसि भरतपुर चितवन रिफर गरिएको थियो । घाईते गुरुङलाई चितवन लैजाने क्रममा नै मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?