भद्रपुरबाट दुर्गा प्रसाईँ नेपाल प्रहरीको नियन्त्रणमा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राजा फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ झापाको भद्रपुरबाट पक्राउ परेको नेपाल प्रहरीले बताएको छ ।
आईजीपीको सचिवालयले विज्ञप्ति निकाल्दै दुर्गा प्रसाईँ र उनका बडिगार्ड दिपक खड्कालाdई शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाडौं ल्याउँदै गरेको जनाएको हो ।
तीनकुनेको आन्दोलनलाई उत्तेजित बनाएर फरार रहेका प्रसाईँ हिजो भारतीय प्रहरीको नियन्त्रणमा आएका थिए । नेपाल प्रहरीसँगको समन्वयमा आसाम प्रहरीले नियन्त्रणमा लिएको थियो । आज नेपाल(भारत सीमावर्ती क्षेत्रबाट बुझाइएसँगै उनी नेपाल प्रहरीको नियन्त्रणमा आएका हुन् ।
प्रसाईँलाई चन्द्रगढी एयरपोर्ट हुँदै बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइँदै छ । उनलाई काठमाडौं ल्याएसँगै प्रहरीले म्यादथपलगायतको प्रक्रिया पूरा गरेर अनुसन्धान सुरू गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?