तनहुँ । टिप्परको ठक्करबाट तनहुँमा १ जनाको मृत्युू भएको छ । आज करिब ४ः ४५ बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाँउपालिका वडा नं. १ फुस्रेखोला स्थित पृथ्वीराजमार्ग सडकखण्डमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ५८७५ नं। को टिप्पर र बिपरित दिशा बाट जाँदै गरेको ग २५ प ५५२२ नं। को स्कुटर एक आपसमा ठक्कर खादा तनहुँको व्यास ६ का १८ल बर्षिय मनिस आले मगरको मृत्यु भएको हो । दुर्घटना पश्चात मनिस आले मगर र उक्त स्कुटरमा पछाडी सवार १५ बर्ष की अनिषा आले मगर घाईते भई उपचारको लागि लागी प्रदेश अस्पताल दमौली पठाईएमा उपचारको स्कुटर चालक मनिस आले मगरलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षकअशोक थापाले जानकारी दिएका छन् । साथै घाईते अनिषा आले मगरलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको, सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षकअशोक थापाले जानकारी दिएका छन् ।








