कतारमा ९ महिनामा ४७ जना नेपालीको मृत्यु, १० जनाले गरे आत्महत्या

सर्वज्योति
  • ख-
  • ख+

चालु आर्थिक वर्षको हालसम्म कतारमा ४७ जना नेपालीको मृत्यु भएको छ। १० जनाले आत्महत्या गरेको कतारस्थित नेपाली दूतावासका प्रथम सचिव कृशु क्षेत्रीले बताए। मृत्युका घटना बढिरहेकाले यसको कारण खोजेर अकालमा ज्यान गुमाउनुपर्ने भयावह परिस्थितिको अन्त्यका लागि सबै सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने उनले बताए।
यस विषयमा सामाजिक अगुवा र राजनीतिमा सक्रिय व्यक्तिहरूले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।
त्यसैगरी उनले दोहाको नेपाली समाजभित्र राजनीति र समाजसेवीको नाममा ठगी गर्ने गिरोहहरू समेत सक्रिय रहेको बताए। अर्घाखाँची सेवा समाज कतारले आयोजना गरेको छैटौं अधिवेशनको क्रममा बोल्दै उनले नेपालीलाई नै ठगेका घटना गुनासाहरू दैनिकजसो बढिरहेको बताए। यसमा सचेत हुन नेपालीहरूलाई उनले आग्रह समेत गरे।

(साभारः सेतोपाटी)

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?