दुलैगौडामा भएको मोटरसाईकल दुर्घटनामा २१ बर्षिय रोमन लम्सालको मृत्यु, दुईको अवस्था गम्भिर

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा हिजो राति  दुई मोटरसाईकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–३ कवासेका करिव १९ वर्षका रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए । दुलेगौंडाबाट खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नं. को पल्सर मोटरसाईकल र खैरेनीटारबाट दुलेगौंडा आउदै गरेको लु. प्र.०१००१ प ५६६८ नंं. को मोटरसाईकल एक आपसमा बुधवार साँझ ठक्कर खाएको हो । दुलेगौंडा आउदै गरेका मोटरसाईकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पल्सर मोटरसाईकलका चालक शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का २० वर्षिय सुसान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ । पृथ्वीराजमार्ग विस्तारसँगै गल्छिना क्षेत्रमा यसअघि पनि दुर्घटना भएका छन् ।
चापगाई दिपेश शर्माको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?