प्रधानमन्त्री केपी ओलीका कट्टर आलोचक एमाले सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।
शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको भोलि ४ बजे शपथ गराउने तयारी छ ।
एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका थिए । शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्