माओवादी नेता तथा दुधौली नगरपालिकाका मेयर अधिकारीविरुद्ध बलात्कारको जाहेरी दर्ता

सर्वज्योति
  • ख-
  • ख+

सिन्धुली । दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ । जिल्लाकै एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन् ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मेयर अधिकारीबाट बलात्कृत भएकी भनिएकी महिलाले एक सन्तान समेत जन्माएकी छन् ।
छोरा बच्चाकी आमा ती महिलाको जाहेरी दर्ता भएको र कानून बमोजिम अनुसन्धान अघि बढेको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले बताए ।
अधिकारी २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट मेयरमा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेता अधिकारी सांसद राजन दाहालको कोर टिमका प्रभावशाली सदस्य मानिन्छन् ।
उनकी श्रीमती सम्झना अधिकारी जिल्ला समन्वय समितिको पूर्व उपप्रमुख हुन् । जिल्लाकै एक महिलालाई लोभलालच देखाएर विवाहेत्तर सम्बन्ध राखेको र त्यसबाट जन्मिएको बच्चालाई स्वीकार समेत नगरेपछि यो विवाद बलात्कारको तहमा पुगेको माओवादीका एक नेताले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?