छोरीहरुलाई साइकल वितरण गर्दै उपमहानगरपालिका

  • ख-
  • ख+

काठमाण्डौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यालय टाढा भएका छात्राहरुको लागि साइकल वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर उपमहानगरले यस क्षेत्रका २ सय छात्राहरुलाई साइकल वितरण गर्न लागेको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत तुलसीपुरलाई साइकल सिटीका रूपमा विकास गर्न पनि यस्तो अभियान सञ्चालन गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ ।

‘हामीले छोरी शिक्षामा जोड दिन यस्तो अभियान थालनी गरेका हौँ,’ नगरप्रमुख पाण्डेले भन्नुभयो । स्वास्थ्यका लागि पनि लाभदायक भएकाले धेरै साइकल चढ्नेलाई प्रोत्साहित गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।

हामीलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट मोबाइल एप्लिकेसन सहयोग भएको छ । कसले धेरै साइकल चढ्छ भन्ने कुरा एप्लिकेसनले थाहा दिन्छ,’ नगरप्रमुख पाण्डेले भने । सबैभन्दा धेरै साइकल चढ्नेलाई पुरस्कार दिइने वहाँको भनाइ छ ।

साइकल हुने–खाने वर्ग र नहुने दुवैका लागि लाभदायक भएको भन्दै वहाँले वातावरण स्वच्छताका लागि पनि यो अभियान अगाडि बढाइएको दाबी वहाँको छ । ‘निम्न वर्गका लागि यातायातको साधन र हुने, खानेका लागि स्वस्थ रहने माध्यम साइकल हो,’ नगरप्रमुख पाण्डेले भन्नुभयो ।

छात्राहरु अर्थात छोरीहरूलाई साइकल वितरणका लागि सहयोग गर्न आह्वान समेत गर्नुभयो । ‘छोरीहरूलाई सशक्त बनाउन सबैले सहयोग गर्नु आवश्यक छ,’ वहाँले भन्नुभयो । नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?