व्यास ५ को टेकनथुम्का सामुदायिक वनद्वारा महिला सशक्तीकरण लागि ७ दिने उद्घोषण तालिम शुरु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. ५ को टेकनथुम्का सामुदायिक वनद्वारा महिला सशक्तीकरण लागि ७ दिने उद्घोषण तालिम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक कार्यक्रमका बिच व्यास ५ का वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गदै वडा अध्यक्ष श्रेष्ठले महिला सशक्तिकरणको लागि वडा सधै लागिरहेको र टेकनथुम्का सामुदायिक वनद्धारा गर्न लागेको महिला सशक्तिकरणको लागि उद्घोषण तालिमले महिला दिदी बहिनीको आत्मविश्वास पनि बढाएर गाउँ समाजमा हुने कार्यक्रम संचालन गर्न योग्य बनाउने विश्वास व्यक्त गरेको थिए ।
टेकनथुम्का सामुदायिक वनका अध्यष्क्ष राजेन्द्र अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य सुन्दरवाग्ले, सामुदायिक वन समिति व्यासका अध्यक्ष । उक्त वनका पुर्व अध्यक्ष सूर्यबहादुर ढकालले महिलाको सशक्तिकरणको लागि आफुहरु सदा तयार रहेको बताएका थिए । संस्ताका सचिव भरत प्रसाद खनालले संचालन गरेको कार्यक्रममा समितिकी कोषाध्यक्ष आईतमाया थापा स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । कार्यक्रममा वडा सदस्य लक्ष्मी बि.क., वन महासंघ व्यास का अध्यक्ष एकबहादुर श्रेष्ठ, टेकनथुम्का सामुदायिक वन समितिकी उपाध्यक्ष दिलमाया थापा लगायत समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
व्यास नगरपालिका वडा नं ५ को समन्वयमा दमौली मिडिया प्रा.लि.ले संचालन गर्ने ७ दिने उद्घोषण तालिम कार्यक्रममा उक्त टेकनथुम्का सामुदायिक वनक्षेत्र अन्र्तगत रहेका आठ टोलबाट २६ जना महिलाहरुको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?