
वरिष्ठ साहित्यकार गीतकार तथा समाजसेवी सरला श्रेष्ठको शब्द रचनामा लोकप्रीय गायीका एलिना चौहानको स्वर र युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा दुखे धेरै दुख्न पुग्यो गीत सार्वजनिक भएको छ । अशोक थापाको संगीत संयोजन दिल सार्कीको रेकर्डिङ र प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको गीतमा स्मारिका ढकाल सुरेश कोहलीको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका छन् । उत्सव दाहालको छायांकन मिन रावलको सम्पादन रहेको छ । कवि डाडा साहित्य समाजले आयोजना गरेको एक कार्यक्रममा उक्त गीतको भिडियोको सार्वजनिक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको हातबाट गरिएको थियो । कार्यक्रममा यस वर्षको कविडाडा सुवर्ण तुलसी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार गोपाल पराजुलीलाई रु एकाउन्न हजार नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न साहित्यकार गीतकार गायक संगीतकारहरुको उपस्थिती रहेको थियो । एलिना चौहानको स्वरमा रहेको उक्त गीतको विषेश चर्चा सहित विभिन्न व्यक्तिहरुलाई गीतकार सरला श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिईन।