
तनहुँ । नेकपा एमाले तनहुँमा पनि खिचलो बढेको छ । भित्रभित्र भुसको आगो झैं फैलिएको नेकपा एमाले तनहुँको आगो जिल्ला कमिटिमा निर्वाचित सदस्य नुर महम्मद मियाले रानिामा दिएपछि छताछुल्ल भएको छ । निर्वाचित जिल्ला सदस्य नुर मोहम्मदले सामाजिक संजालमा लामो स्टाटस लेख्दै पार्टीमा पार्टीमा राम्रो होईन हाम्रो भन्ने सिद्धान्त मौलाउदै गएको बताएका छन् र साथै नुर मोहम्मदले नेताहरुलाई ईमानदार भन्दा अगाड़ी पछाडी गर्ने कार्यकर्ता प्यारो हुदाँ मिसन ८४ होइन मिसन जती भएपनी खासै पार्टी ले प्रगति गर्न सक्दैनभन्ने भविष्यवाणी पनि गरेका छन् । उन्ले केही व्यावसायिक कारणले समय दिन असमर्थ रहेको हुदा पार्टी जिल्ला सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउदछु भनेपनि तनहुँ एमालेमा देखिएको चरम गुटवन्दि, व्यक्तिवादी चरित्र, आफ्ना गुटकालाई काखा, सक्रिय, त्यागि कार्यकर्तालाई पाखा पारेको देखेर उन्ले राजिनामा दिएको उनी निकट व्यक्तिहरुले बताएका छन् । व्यावसायिक रुपमा सफल, आफ्नो समुदाय र युवा पंक्ति माझ राम्रो पकड बनाएका नुर महम्मदको राजिनामाले नेकपा एमाले तनहुँलाई धेरै नै असर गर्ने नेकपा एमाले कै नेताहरुले बताउने गरेका छन् ।
नुर महम्मद मियाँको स्टाटस
प्रिय जिल्ला अध्यक्ष कमरेड तनहुँ
सचिव कमरेड
विषय-राजीनामा बारे
म नुर मोहम्मद मिया हालैको निर्वाचित जिल्ला कमिटी सदस्य केही व्यावसायिक कारणले समय दिन असमर्थ रहेको हुदा पार्टी जिल्ला सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउद छु।जिल्ला कमिटीमा नभए पनी सधै पार्टी र पार्टीको काम प्रती ईमानदार भएर लाग्ने छु।मलाई मतदान गरी निर्वाचित गर्नुहुने सबै प्रतिनिधि प्रती धन्यवाद दिन चाहन्छु।
पार्टीमा राम्रो होईन हाम्रो भन्ने शिद्धानंत मौलाउदै गएको छ।सचेत रहन सबैलाई अनुरोध गर्न चाहन्छु।नेताहरुलाई ईमानदार भन्दा अगाड़ी पछाडी गर्ने कार्यकर्ता प्यारो हुदाॉ मिसन ८४ होइन मिसन जती भएपनी खासै पार्टी ले प्रगति गर्न सक्दैन।
धन्यवाद लालसलाम