काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा २ करोड ४२ लाख रुपैयाँको कोल्ड स्टोर निर्माणसम्बन्धी ठेक्का प्रक्रियालाई अन्तिम चरणमा पुगिसकेपछि नियमविपरीत रद्द गरिएको खुलासा भएको छ।
आर्थिक प्रस्ताव ९दररेट० खुलेर सस्तो मूल्यमा ठेक्का जित्ने सुनिश्चित इनएस हरिगंगा जेभीलाई पाखा लगाउँदै गाउँपालिकाले मनपरी शैलीमा ठेक्का खारेज गरेको आरोप लागेको हो।
गएको फागुन १४ गते ठेक्का बोलपत्र आह्वान गरिएको उक्त निर्माण कार्यका लागि पाँचवटा निर्माण कम्पनीले प्राविधिक प्रक्रिया पार गरी बिड पेश गरेका थिए।
इनएस हरिगंगा जेभीले सबैभन्दा कम २ करोड १२ लाख रुपैयाँमा बिड गरेपछि ठेक्का पाउने लगभग सुनिश्चित भएको थियो। नियमानुसार, बैशाख २१ गते आर्थिक प्रस्ताव खोलिएको थियो र त्यसपछिको ७ दिनभित्र ठेक्का सम्झौता प्रक्रियामा जानुपर्ने व्यवस्था छ।
ठेक्काको आर्थिक आशय खोलेपश्चात् आवश्यक प्रकृया अघि बढाउन ढिलाई भएछि इनएस हरिगंगा जेभीले ठेक्काबारे आवश्यक सूचना माग गरेको थियो ।
उसले सूचना माग गरेकै दिन अर्थात् बैशाख २५ गते बिहिवार कार्यालय समय भन्दा आधा घण्टा ढिला ठेक्का रद्दको सूचना प्रकाशित गरेको छ ।
कम्पनीले गाउँपालिकाले ठेक्काको प्रक्रिया मिचेको भन्दै उच्च निकायमा उजुरी दिने तयारी गरेको हेमराज ढुंगानाले बताएका छन् ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको ठाडो निर्देशनसहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावल, लेखा अधिकृत नारद खनालको सल्लाह बमोजिम ठेक्का रद्द गरिएको गाउँपालिका निकट स्रोतले बताउँछ ।

साभार नेपाल प्रेस