एमाले तनहुँमा जिल्ला कमिटिबाट राजिनामा दिनेहरुको संख्या बढ्दो: वार्गेनिगं कि नेतृत्वप्रति असन्तुष्ट ?

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । एमाले तनहुँमा जिल्ला कमिटिबाट राजिनामा दिनेहरुको संख्या बढ्दो क्रममा रहेको छ । मुस्लिम समुदायमा राम्रो पकड बनाएका निर्वाचित जिल्ला कमिटि सदस्य नुर महम्मद मियाँले पार्टीमा राम्रो होईन हाम्रो भन्ने सिद्धान्त मौलाएको आरोप लगाउदै राजिनामा दिएपश्चात उक्त बैठकमा अन्य व्यक्तिले पनि राजिनामा दिएका थिए । मुख्यत जिल्ला नेतृत्वप्रति असहमति जनाउदै राजिनामा दिएका अन्य व्यक्तिहरुको राजिनामा जिल्ला नेतृत्वले गुपचुप राखेको विश्वस्त श्रोतले बताएको छ । जिल्ला कमिटिको बैठकमा शुक्लागण्डकी नगरपालिकाका एकजना युवा नेताले दिएको लिखित राजिनामा पार्टीले गुपचुप राखेको पनि विश्वस्त श्रोतले बताएको छ । पार्टीमा राजिनामा दिएका शुक्लागण्डकीका युवा नेतासग सम्पर्क गर्दा पार्टीको आन्तरिक कुरा भएकोले आफुले जिल्ला कमिटि बैठकमा दिएको राजिनामा बाहिर नल्याएको् बताएका छन् । त्यसैगरि उक्त जिल्ला कमिटि बैठकमा देवघाटतिरका युवा नेता र शिशाघाटतिरका युवा नेताले पनि कडै रुपमा कहाँ दिने हो राजिनामा ? भनेर कड्किएपछि नेकपा एमाले तनहुँको जिल्ला कमिटि सदस्यबाट राजिनामा दिनेहरुको संख्या आउदाँ दिनमा अझै बढ्न सक्ने धेरैले विश्लेषण रहेको छन ्भने आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको बेला यसरी राजिनामा दिनुलाई कतिपयले मौका नपाएर राजिनामालाई वार्गेनिगंको रुपमा प्रयोग गर्न खोजेको बताएका छन् ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?