राष्ट्रपति पौडेल तनहुँ आँउदा शिक्षक नेताहरुले बाटो बारे असन्तुष्टि जनाउदै व्यक्त गरे प्रतिक्रिया

सर्वज्योति
  • ख-
  • ख+

”कुलपुजामा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल गाउँलेहरुसग” (फोटो प्रमोद पौडेलको फेसबुकबाट)

तनहुँ । सम्माननिय राट्रपति रामचन्द्र पौडेल कुलपुजामा आफ्नो गाउँ व्यास ८ बाहुनपोखरा आउदाँ तनहुँका शिक्षकहरुले गरे बाटोको बारेमा विभिन्न प्रतिक्रिया गरेका छन् । राष्ट्रपति पौडेलकै गाउँकै बासिन्दा एवं शिक्षक प्रमोद पौडेलले लावालस्करसहितको राट्रपति पौडेल सवार गाडि धुलो उडाउदै हिडेको भिडियो पोष्ट गरेपछि बिशेष गरेर शिक्षकहरुले विभिन्न प्रतिक्रिया तथा प्रश्नहरु गरेका छन् । शिक्षक नेता रामचन्द्र पोखरेल (आरसि पोखरेल) ले धुलो उडेको बाटोको बारेमा प्रतिकृया दिदै ”प्राकृतिक स्वरुप नस्ट गर्न हुन्न भनेर होला बा ( राष्ट्पति रामचन्द्र पौडेल) ले पिच नगरेका” भनेर लेखेका छन् । भने अर्का शिक्षकका नेता रामदत्त पौडेलले २०४६ सालको परिवर्तन पश्चात रामचन्द्र पौडेल पटक पटक सत्तामा पुगेको कुरा बिर्सेर रामचन्द्र पौडेलले बिकास नगर्नुको कारण सहित प्रश्न पनि उठाउदै कामना पनि व्यक्त गर्दै ”बा सत्तामा खासै नबसेर होला गाउँको बाटो को बिजोग अवस्था,, वडा नम्बर ८ को वडा कार्यालयले कहिले होला पिचको मुख देख्ने, जे भएपनि गाउँ सम्झेर आउनुभएछ, गाउँका बन्धुहरूको माया पाउनुभएछ, कुलदेवताले सबैको रक्षा गरुन् ।। ” भनेर लेखेका छन् । त्यसैगरि अर्की शिक्षिका दुर्गा भट्टराई ढुगांंनाले एउटै भिडियोमा दुईवटा कमेन्ट गरेकी छन् । उन्ले एउटा कमेन्टमा ”सम्माननीय राष्ट्रपतिको गाउँ जाने बाटो” लेखेकी छन् भने पहिलो कमेन्ट गरेको केहि समय पछाडि ‘‘बाटो” मात्र लेखेर कमेन्ट गरेकी छन् । त्यसै गरि अर्का शिक्षक नेता पृथ्वी भुजेलले ”यसरी धुलोमा हिडाउन नहुने रास्ट्रपति ज्युलाइ” भनेर लेखेका छन् ।
शिक्षक प्रमोद पौडेलको फेसबुकवालमा भएको भिडियोमा धेरैजसो प्रतिक्रियाहरु राष्ट्पति रामचन्द्र पौडेलले आफ्नो गाउँ जाने बाटो नबनाएकोमा असन्तुष्टि जनाएका भए पनि शिक्षकहरुको प्रतिक्रिया सांकेतिकरुपमा राष्ट्रपतिलाई बिकास निर्माणमा ध्यान नपुर्याएको बताउन तर्फ केन्द्रित रहेका छन् ।
कुलपुजाका लागि बैशाष २३ गते सम्माननिय राष्ट्पति आफ्नो गाउँ व्यास नगरपालिका वडा नं. ६ बाँहुनपोखरा आउदा स्थानिय सर्वसाधारणले प्रयोग गर्ने छोटो, सिधा र बिग्रिएको दमौलीबाट कलेस्ति, सत्रसय, बर्लाचि, बाहुनपोखरा पुग्ने बाटो प्रयोृग नगरि सत्रसयबाट लमजुगंको २ पिप्ले सोतिपसल बगुआको बाटो प्रयोग गरिएको थियो । भिडियोमा गाडि झर्दै गरेको देखाईएको बाटो लमजुगं जिल्ला मध्यनेपाल वडा नं. १ बगुआको हो जुन व्यास ८ को वडा कार्यालय र सम्माननिय राट्रपति रामचन्द्र पौडेलको गाउँको पारिपट्टि पर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?