व्यासमा गठन भयो भ्रष्ट्राचार विरुध्द नागिरक अभियानः भ्रष्ट्राचारीलाई जहाँ भेट्यो त्यहि कारवाही गर्ने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास व्यास नगरपालिकामा भ्रष्ट्राचार विरुध्द नागिरक अभियान गठन भएको छ । व्यास ११ रामथुम्कि निवासी मित्र दुराको संयोजकत्वमा उक्त अभियान गठन गरिएको हो । उक्त अभियानले आज एक पत्रकार सम्मेलनको आयोजना गरि भ्रष्ट्राचारी विरुद्ध अति नै निर्मम ढंगले प्रस्तुत हुने बताएको छ । अभियानले भ्रष्ट्राचारीलाई जहाँ भेट्यो त्यहि कारवाही गर्न पनि अभियान तत्पर रहेको उक्त अवसरमा बताईएको थियो । कार्यक्रममा अभियानलाई सहयोग गर्न गठन गरिएको र्यापिड फोर्सको कामको बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी, राप्रपा तनहुँका अध्यक्ष विनोद घर्ति, सामाजिक अभियन्ता महम्मद गफार लगायतकाले अभियानलाई शुभकामना दिएका थिए । महिला व्यवसायी सोममाया गुरुगंले स्वागत मन्तव्य राखेको कार्यक्रममा संयोजक दुराले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?