५५ सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले करिब ५ हजार ५ सय जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।
केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको प्रतिवेदन अनुसार सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार कर्मचारीमध्ये ५ हजार ५ सय जनाले सम्पत्ति विवरण नबुझाएका हुन् ।
अख्तियारले त्यो संख्या शून्य दशमलब ७ प्रतिशत मात्रै रहेको जनाएको छ । भ्रष्टाचार निवरण ऐन अनुसर सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि ५ हजार रुपैयाँ जरिबाना हुन्छ ।
सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट करिब साढे २ करोड रुपैयाँ जरिबाना संकलन हुने देखिन्छ ।
प्रतिवेदन बुझ्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सम्पत्ति विवरण संकलन प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउन निर्देशन दिए ।
केन्द्रले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अख्तियारमा बुझाएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?