मोटरसाइकल दुर्घटना हुँदा ३६ वर्षीया सुनिताको मृत्यु, चालक घाइते

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् ।

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।

मोटरसाइकल चालक नुवाकोटको ककनी– १ कै मानबहादुर बलामी घाइते छन् । उनको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । मोटरसाइकल भने थानकोट प्रहरी वृत्तमा छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?