तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारीमा स्कुटर दुर्घटना हुदाँ २२ बर्षिय आशिक बाबु नरालको मृत्यु भएको छ । आज दिउसो करिब १ः ४५ बजेको समयमा पृथ्वी राजमार्ग सडक खण्डस्थित कमलवारीमा दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग २५ प ४१३ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई सडकमा पल्टन जाँदा स्कुटर चालक २२ को आशिक बाबु नरालको मृत्यु भएको हो । उक्त दुर्घटनामा सवार गो रखा नगरपालिका वडा नं। १३ अबुवा देउराली काआशिक बाबु नराल र स्कुटरमा पछाडी सवार उक्त स्थानमा नै बस्ने ४७ बर्षिय को कृष्ण प्रसाद नराल घाईते भई उपचारको लागि प्रदेश अस्पताल दमौली तनहुँ पठाईएकोमा स्कुटर चालक आशिष बाबु नराललाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाईते कृष्ण प्रसाद नराललाई थप उपचारको लागि बजे मणिपाल अस्पताल पोखरा रिफर भएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी छ ।








