तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. २ मा ६ बर्षिय बालक खाएपछि नरभक्षी चितुवालाई पक्रने प्रयास तिव्र पारिएको छ । त्यसैक्रममा आज पनि चितुवा हिड्ने गौडा खोजि पासो राखिएको छ । पछिल्लो समयले नरभक्षी तिचतुवाले बिशेष गरेर वडा नं. २ मा एक बालक खानुका साथै चौपाया, कुकुरहरु हरु खान थालेपछि त्रसित स्थानियहरुले स्थानिय निकाय गुहारेका थिए । नरभक्षी चितुवाले दुःख दिन थालेपछि हामीले बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिहरु, राष्ट्रिय प्रकति संरक्षण कोषका टोली, चितवन राष्ट्रिय निकुन्जबाट आएको टोली, वन डिभिजन कार्यालय तनहूँका टोली, जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटाईएको टोलीबाट चितुवाको खोजिको काम तिब्र गर्नुका साथै चितुवा हिड्ने सम्भावित गौडाहरुमा खोर पनि राखेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दएका छन् । चितुवा खोज्ने काम त भईरहेको छ तथापि स्थानियहरु पनि सजग रहन उन्ले अपिल पनि गरेका छन् ।
चितुवालाई नियन्त्रण गर्ने काम अत्यन्तै कठिन भईरहेको र एकातिर चितुवा खोज्न जाँदा चितुवाले अर्को स्थानतिर चौपाया र कुकुर माथि आक्रमण गरिरहेको स्थानिय हरि पौडेलले जानकारी दिएका छन् ।
यसभन्दा अगाडी पनि बन्दीपुरमा चितुवाले मानिसहरुलाई बिशेषगरि बालबालिकालाई खान थालेपछि बन्दीपुर गाउँपालिकाका वडा नं १,२,३,५, ६ चितुवाका लागि खोर थापिएका छन् ।








