लोकल बसमा भेटिए नगरपालिकाबाट सवारी साधन, तलबभत्ता नलिने भिमाद-३ का वडाअध्यक्ष ठकुरी

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । वडा अध्यक्षले प्राप्त गर्ने सवारी साधन मोटरसाइकल , तलब , भत्ता केहि पनि नलिने भिमाद नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पदमराज सेन ठकुरी लोकल बसमा भेटिएका छन्। पोखराबाट भिमाद चल्ने लोकल बसमा यात्रा गरिरहेको भेटिएका वडाअध्यक्ष ठकुरी ”जनताको सेवा गर्छु भनेर वडा अध्यक्ष भएको हुँ त्यहि जनताले तिरेको करबाट मोटरसाइकल चढ्न र तलबभत्ता लिन आत्माले मान्दै मानेन, त्यहि भएर गाउँघरतिर जनताको काम पर्दा आफ्नो मोटरसाईकलमा हिड्ने गरेपनि प्रायजसो बसमा यात्रा गर्ने गरेको ” उक्त अवसरमा बताएका थिए । उन्ले ”जनताको सेवा गर्ने भन्दा पनि सेवा सुविधा लिनको लागि जनप्रतिनिधि बन्ने चलन चलेकोले पनि आफुले नगरपालिकाबाट वडा अध्यक्षको रुपमा पाउने केहि पनि सुविधा नलिने घोषण गरेरै आफुले पाउनै सबै तलबभत्ता सामाजिक काममा  दिने गरेको ‘ बताएका थिए ।
ईन्डियन आर्मीमा १५ बर्ष सेवा निवृत्त ठकुरीले ”सेवा निवृत्त भएपछि १०, १२ बर्षसम्म क्रुजमा काम गर्दा युरोप र अमेरिका लगायतका विभिन्न देशमा आकर्षक तलब र रोजगारीका साथ बस्ने अवसर पाउँदा पनि स्वदेशमा नै बस्छु भनेर नेपाल फर्किएको” बताएका थिए। ईण्डियन आर्मीमा जागिरे हुनुभन्दा अगाडि ठकुरीले २ बर्षसम्म शिक्षकको रुपमा काम गरेका थिए ।

नोट: संपादित

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?