तनहुँको म्याग्दे गाउँपालिकाले बनायो ४ करोडको लागतमा ४८ जना विपन्नलाई घर

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न जनताको घर निर्माण गरेको छ । घर निर्माण पश्चात गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि सोमबार हस्तान्तरण गरेको छ । नवनिर्मित घरहरुलाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरी हस्तान्तरण गरेका थिए । सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा ४८ विपन्नको आवास निर्माण गरिएका घरहरु विपन्न नागरिकहरु घर बिहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसको आधारमा घर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजना अन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम अन्तर्गत आवास निर्माण गरिएको हो प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को २५ घर आठ लाख र आर्थिक वर्ष २०८१/०८२ को २३ घर १० लाखको लागतमा टेन्डर प्रक्रियाबाट निर्माण गरिएको हो । सङ्घको समपुरक कोषको ३८% र गाउँपालिकाको ६२ % लागतमा आवास निर्माण गरिएको हो । परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । असहाय, , अपाङ्ग, अल्पसंङ्ख्यक, सिमान्तकृत वा दलितमा सूचीकृत भएकालाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । जनप्रतिनिधिमा निर्वाचित भएपछि ५ वर्ष भित्रमा कम्तीमा ६० वटा घर बनाउछौं भन्ने प्रतिवद्धता अनुसार अहिलेसम्म ४८ वटा घर बनेको पनि श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले साँढे ४ करोडको लागतमा ७ वटै वडामा ४८ वटा घर निर्माण गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?