तनहुँका सांसद र ईन्जिनियरलाई रास्वपा पार्टी सचिवालय बैठकले दियो गहन जिम्मेवारी

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  तनहुँका सांसद र ईन्जिनियरलाई गहन जिम्मेवारी दिएको छ ।

रास्वपाले तनहुँ क्षेत्र नं. १ का सांसद एवं पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेलाई नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यसैगरि भानु नगरपालिका वडा नं ५ ओकलागंमा जन्मेका  ईन्जिनियर श्रीराम न्यौपानेलाई पार्टीको ऊर्जा तथा जलस्रोत विभाग संयोजकको जिम्मेवारी दिएको हो ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर गर्ने क्रममा नीति तथा विचार विभागको उपप्रमुखमा सांसद सन्तोष परियारलाई तोकेको छ ।

त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमलाई दिइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?