महेन्द्र रिजालको जिवन रक्षाको लागि लायन्स क्लब अफ् तनहुँ दमौली १,५५,५५५ रुपैया सहयोग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँ दमौलीका महेन्द्र रिजालको जिवन रक्षाको लागि लायन्स क्लब अफ् तनहुँ दमौली १,५५,५५५ रुपैया सहयोग गरेको छ । कलेजो ड्यामेज तथा आन्द्रामा प्वाल परि लगातार रगत बान्ता गरेपश्चात आकस्मिक रुपमा पोखरा लगि आईसियुमा उपचाररत महेन्द्र रिजालको उपचारको लागि लायन्स क्लब अफ् तनहुँ दमौलीले आर्थिक सहयोग गरेको हो । उक्त रकम लायन्स क्लब अफ् तनहुँ दमौली संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ राकु र क्लबका वर्तमान अध्यक्ष रनिल रोकाले रिजाललाई पोखराको चरक अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । अमेरिका , अष्ट्रेलिया, दुवई लगायतका विभिन्न स्थानहरुबाट महेन्द्रलाई आर्थिक सहयोग आएको महेन्द्र रिजाल बचाउ अभियान संचालन गरेका राजकुमार श्रेष्ठ राकुले बताएका छन् ।  रकम अभावमा थप उपचार गर्न नसकेका महेन्द्रको भोलि अपरशन हुने निजसग लामो समयदेखि संगत गरेका र महेन्द्रको उपचारमा खटिएका प्रमोद पाण्डेले बताएका छन् । दमौली बजारका बासिन्दा महेन्द्र कलाकार पनि हुन् । उन्ले थुप्रै नेपाली चलचित्रहरुमा अभिनय पनि गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?