रास्वपाको उर्जा तथा जलस्रोत विभागको प्रमुखमा वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपाने मनोनित

सर्वज्योति
  • ख-
  • ख+


(मनोनयन पत्र त्रुझेपश्चात रास्वपाका उपसभापतिद्धय डिपि अर्याल, डा.स्वर्णिम वाग्ले, महामन्त्री कबिन्द्र बुर्लाकोटी र अन्यका साथमा व.ई श्रीराम न्यौपाने)

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीको उर्जा तथा जलस्रोत विभागको प्रमुखमा वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने मनोनित भएका हुन् । आज एक कार्यक्रमका बिच रास्वपाका उपसभापतिद्धय डिपि अर्याल, डा. स्वर्णिम वाग्ले र महामन्त्री कबिन्द्र बुर्लाकोटीले ई. न्यौपानेलाई मनोनयन पत्र हस्तान्तरण गरेको हो । असार ४ गते बसेको रास्वपा पार्टी सचिवालयको बैठकको निर्णयअनुसार न्यौपानेलाई उर्जा तथा जलस्रोत विभागको प्रमुखमा पुन मनोनित गरेको थियो ।
स्कुल  तथा कलेजहरुमा  टपर रहेका ई. न्यौपाने विद्यार्थी राजनीति हुँदै राष्ट्रिय महत्वका सामाजिक क्रियाकलाप, सरकारी सेवा, इन्जिनियरिङ्ग शिक्षण संस्थाको स्थापना तथा लामो समय प्राचार्यको भूमिकामा रहेर गरेको सेवा, खानेपानी, सुरुङमार्ग र हाइड्रोपावरका अव्वल मानिन्छन् । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको सवकन तर्फबाट आयोजना निर्देशक रहेको ई. न्यौपाने को नेतृत्वमा दश किलोमिटर सुरुङ निर्माणका साथै विभिन्न हाइड्रोपावर निर्माण भईसकेका र निर्माण भईसकेका छन् । खासगरि नेपालको भौगोलिक संरचनालाई ख्याल गरि सुरुगंमार्ग मोडलमा देश जानुपर्ने, नेपालको जलविद्युतको उपभोग गर्न हाइड्रोपावर निर्माणमा ध्यान दिनुपर्ने भ्रष्टाचारसुन्य समाज बनाउनुपर्ने, देश बिकासको लागि ढिलासुस्ति र चुस्त प्रशासनको आवश्यकता रहेको बताउने ई. न्यौपाने हालका रास्वपाका उपसभापति वष्ष्ठि अर्थशास्त्री ढा. स्वर्णिम वाग्लेको रास्वपा प्रवेशमा उल्लेख खेल्दै रास्वपामा सक्रिय रहेका हुन् । दोश्रो कार्यकाल रास्वपाको ऊर्जा नीति कार्यदलको प्रमुखको भूमिका निर्वाह गरिसकेका ई. न्यौपानेको जन्म तनहुँको हालको भानु नगरपालिका वडा नं. ५ ओकलागंमा हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?