तनहुँ । तरुण दल तनहुँका नेता रामचन्द्र पौडेल (आरसि)को निधन भएको छ । नेपाल तरुण दल तनहुँका पूर्व जिल्ला सचिव रामचन्द्र पौडेल (आरसि) को उपचारका क्रममा काठमाण्डौ बसुन्धराको बि.पि. अस्पतालमा असामयिक निधन भएको हो । हृदयघातका कारण पौडेलको निधन भएको बताईएको छ । निर्माण व्यवसायमा पनि सक्रिय पौडेल निर्माण व्यवसायी संघ तनहुँको पूर्वमहासचिव समेत हुन् ।








