बृहत बुल्दी खोला सरसफाई भिडियो प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँका सामाजिक युवा अभियन्ता महम्मद गफ्फार(सुदिप) को आयोजनामा गत जेठ १७ गते आयोजित अभियान बुल्दीखोला अन्तर्गतको सरसफाई भिडियो प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको छ । गत बिहिबार राति ९ बजे घोषित नतिजा अनुसार प्रथम हुने व्यास १ गल्बुवेसकिो तनहुँ तक्षशिला एकेडेमी र द्वितीय हुने लियो क्लब अफ तनहुँलाई शनिबार आयोजित एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो।
उक्त भिडियो प्रतियोगितामा ३२,७०० भ्युजका साथ तनहुँ तक्षशिला एकेडेमी प्रथम र २५,४०० भ्युजका आधारमा लियो क्लब अफ तनहुँ द्वितीय भएको थियो। तनहुँ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले प्रथम पुरस्कार र नारायणी अधिकारीले द्वितीय हुनेलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरेका थिए। प्रथम पुरस्कार पाँच हजार रुपैया तनहुँ उद्योग वाणिज्य र द्वितीय पुरस्कार आदिकवि भानुभक्त क्याम्पसकी प्राध्यापक नारायणी अधिकारीले दुई हजार पाँच सय रुपैया बृहत बुल्दी खोला सरसफाई अभियानमा पुरस्कार हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै तनहुँ उधोग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले पहिलाको तुलनामा खोला प्रदुषित हुनमा जनसंख्या वृद्धि र सचेतनाको अभावले गर्दा बुल्दी खोला दिन दिनै प्रदुषित हुँदै गएको उल्लेख गरे । बुल्दी खोला सफा राख्न सचेतता कार्यक्रमको आवश्यक रहेको र येस्ता सरसफाई कार्यक्रमले खोला सफा राख्न महत्त्वपूर्ण भूमिका खेल्नेका साथै यस्ता प्रतियोगिता मार्फत खोलानाला सफा राख्न हौसला र उत्साह प्रदान गर्ने बताए ।
कार्यक्रममा सामाजिक अभियन्ता गफ्फारले बुल्दीखोला सरसफाई निरन्तर चलिरहने प्रतिबद्धता जनाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?