हिजोसम्म हिरो बनाईएका स्टोरमा सामान बिना भुक्तानीको लागि ल्याएको बिल सामान रुजु नगरिकन भुक्तानी नगर्ने व्यास नगरपालिकाका लेखा अधिकृत अर्जुन बराल आजबाट एकाएक भिलेन भएका छन् । १० लाख औषधी खरिद प्रकरण बाहिरियो, छानविन समिति बन्यो, खरिद गर्नुपर्ने सामान खरिद नगरिकन प्रमुख प्रसाशकीय अधिकृतले हस्ताक्षर गरेर कर्मचारीले भुक्तानीको लागि विल पेश गरिएको तथ्य प्रमाणित भयो, त्यस काण्डमा संलग्न कर्मचारीहरुले गल्ति स्विकार गरि माफि पनि मागे , माफि माग्नेले माफि मागिसकेपछि लेखा अधिकृत अर्जुन बरालले आफुले भनेझैं सामान खरिद नगरेको भएर बिल रोकेको भन्ने कुरा जवरजस्त स्थापित गराउन खोजेर भिलेन बनाउन खोजियो । विचारणिय प्रश्न के छ भने जब लेखा अधिकृतमाथि दोष थोपर्नु थियो भने स्टोरमा सामान विना भुक्तानीको लागि १० लाख रुपैयाको बिल लैजाने बिचरा निर्दोष कर्मचारीहरु कल्पना कोईराला दाहाल र लक्ष्मी गुरुङ्गलाई किन माफि मनाईयो ? स्टोरमा सामान दाखिला नगकिन भुक्तानीको लागि भुक्तानी लिनु त उहिल्यैदेखि चलिआएकै चलनै हो त बिचरा कर्मचारीद्धयलाई माफि मगाउन पाईन्छ ? मलाई त छानविन समितिप्रति पनि खासै विश्वास लागेन “हेल्लो छानविन समितिका संयोजक रामचन्द्र हडखलेसर कस्तो छानविन समिति हो के स्टोरमा सामान नराखिकन भुक्तानी लिन खोज्ने कर्मचारीलाई दोषी देखाएर नै त होला माफि मगाउने ? यो त सारै गलत भयो” भन्ने मलाई लागि रहेको छ । पहिलो दिन अनुगमनका लागि जाँदा पुरै औषधी नभेटेपछि फेरि भोलिपल्ट अनुगमनमा जादाँ पुरै औषधी भेटिनु त राम्रो होनि तपाइहरु आउनुहुन्छ भन्ने थाहा भयो औषधी आईपुग्यो अनि त्यति ईमान्दार काम गर्नेहरुलाई माफि मगाउने ?
भर्खरै व्यास नगरपालिकाका लेखा अधिकृतको रुपमा आएका अर्जुन बरालले व्यासको सिस्टम नै बुझेका छैनन् कि उन्लाई व्यासको नियम कानुन सम्झाउनुपर्यो “बरालसर व्यास नियम भनेकै कर्मचारीले हाकिमको सहि गरेर बिल ल्याएपछि चुपचाप सहि गर्नुपर्छ, चुपचाप चेक काट्नुपर्छ नत्र व्यास नगरपालिका हो हजुर यहाँ पनि हुनसक्छ ।” अनि एकाएक १० लाख काण्डमा गल्ति स्विकार गरेर माफि माग्नेहरु महान बनाउदै सामान रुजु नगरिकन भुक्तानी रोक्ने लेखा अधिकृतलाई दोषी देखाउन खोजेर मुद्धा अन्यत्र मोड्न लागेको थाहा पाएर लेखा अधिकृत बरालले भनेछन् “औषधी खरिद प्रकरणमा अनियमितता भएको देखेर भुक्तानी रोके अनि अहिले मलाई नै दोषी देखाउने ?” मिस्टर अर्जुन बराल दोष सरासर तपाईको त हो नि तपाई कागको हुलमा बकुल्लो बन्न खोजिरहनुभएकोछ, आनन्दसग चलिरहेको व्यास नगरपालिकामा तपाई लेखाका अनेक नियम कानुन देखाएर औषधी खरिद नगरिकन ल्याएको बिलको भुक्तानी रोक्न खोज्ने ? कत्रो आँट तपाईको ? व्यासमा आएर व्यासका कर्मचारीलाई लेखाको नियम कानुन सिकाउने ? ईतिहास पढ्नुस् व्यास नगरपालिकाको तपाई जस्ता मानिस (स्टोरमा समामान रुजु नगरिकन बिल पास गर्दिन भन्ने) लाई यहाँ अलिकति पनि ठाउँ छैन किनकी व्यासमा गल्ति स्विकार गरेर माफि माग्नेलाई होईन गतल कामकारवाही रोक्न खोज्नेलाई कारवाही गरिन्छ त्यसैले अझै पनि मौका छ कागको हुलमा बकुल्ला बन्न नखोजिकन सुध्रनुस् नत्र….।








