व्यास नगरपालिकाले फोहोर त फाल्छ वाचा पूरा गर्दैन भन्दै गल्बुवेसीका स्थानीयहरु आक्रोशित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । स्थापनाकालदेखि फोहोर विर्सजन केन्द्र पाउन नसकेको व्यास नगरपालिकालाई कचौराजत्रो शहरको फोहोर विर्सजन तिलको पहाड भएको छ । कहिले  वेदव्यास र पराशर ऋषिको तपोभुमिको शिर व्यास ३ भतेरी  (मादिको पुलमुनी) मा फोहोर थुपारेको व्यास नगरपालिकाले वातावरणिय प्रभावको ख्यालै नगरिकन व्यास १३ को वेलवासभन्दा केहि पर फ्याँकेको फोहोरमा लागेको धुवाँ व्यास नगरपालिकाको त्यो रातो विल्डिगंभित्र एसिमा बस्नेहरुलाई त शायद देखिदैन होला,। त्यो विल्डिगंबाट वेलवासमा लागेको धुवाँ नदेखिएपनि व्यास १ गल्बुवेशी जहाँ नकुहिने, पुन प्रयोग गर्न नमिल्ने फोहोर फ्याँकिएको छ त्यहाँ फैलिदै गरेको धुवाँ त देख्नुपर्ने हो ।

व्यास १० दुम्सिक्षेत्रका जनताहरुको सद्भाव र सहयोग अनि तत्कालिन वडाअध्यक्ष तुलसीराम सापकोटाको सकृयताले दुम्सिको भतेरीमा कुहिने फोहोरको दिर्घकालिन समस्या समाधान हुने किसिमका संरचनाहरु निर्माण भएपनि केहि ढुक्क भएको थियो । कुहिने फोहोरको व्यवस्थापन गरेपनि नकुहिने फोहोरको व्यवस्थापन गर्न नसकेको पालिकाले अर्को व्यवस्था नभएसम्म नकुहिने फोहोर नउठाउने सूचना नै निकालेको थियो । तर व्यास १ गल्बुवेशीमा केहि मनकारी व्यक्तिहरुको जग्गामा २०८१ साउन २३ गतेबाट नकुहिने फोहोरको विसर्जन गर्ने सुवर्ण मौका प्राप्त गरेको थियो । 

मानिस स्वभावले स्वार्थी प्राणी हो आफुले केहि दिएपछि अरुसग पनि केहि न केहि आशा त गरिहाल्छ झन् आफ्नो टोल छरछिमेकमा फोहोर विर्सजन गर्न दिएपछि आशा गर्नु पनि अस्वभाविक थिएन । स्थानियको आशा थियो फोहोर बोकेर नगरपालिकाका गाडी आउने बाटोको नगरपालिकाले स्तरोन्नति गर्ला ! लिचिघारीबाट चारकुने निस्कने छोटो र महत्वपूर्ण बाटो स्तरोन्नती होला ! स्थानियको भावना अनुरुप लिचिघारीतिर अलिकति ढलान त भयो त्यहि पनि दुर्घटना हुने गरि, स्कुटर, कार उक्लन नसक्नेगरि ।

ठिकै छ सडक पिच होला, नभएपनि नाली बन्ला भनेर नगरपालिकाको मुख ताकिरहेका जनताको सपनामा त्यतिबेला तुषरापात भयो जतिबेला बाटो राम्रो बन्नु त परको कुरा फोहोर बोकेर आउने व्यास नगरपालिकाका गाडीले फोहोर व्यवस्थापन नगरिकन हिड्न थाले । स्थानीयहरु भन्छन् ”फोहोर बोकेको गाडी आउछ खोल्सीमा फोहोर फ्याँक्छ हिड्छ । अनि उक्त ठाउँमा फ्याँकेको फोहोरको गन्ध बिस्तारै घर घरमा आउछ । ” समाचार संकलनको लागि पुग्दा पनि उक्त स्थानमा फोहोर असरल्ल जताततै फ्याँकेको देखिएको थियो । आफ्नो सपनामा तुषरापात हुनु, कुनै सार्वजनिक स्थानमा सम्बन्धित जनप्रतिनिधिहरुले ”फलानो फलानोको सहयोगले गर्दा उहाँहरुको वारीमा नकुहिने फोहोर विर्सजन गरिएको छ” भनेर कहि कतै नलेखिनु, बोल्न गारो मान्नुले पनि उक्त स्थानका जग्गाधनीहरु अब विद्रोहको मुडमा बसेका छन् र असरल्ल फ्याँकिएका फोहोर देखाउदै भनिरहेका छन् ”हेर्नुस् नकुहिने फोहोर फ्याँकेको ठाउँको विचल्ली, के हामीले पानीमाथि फोहोरका पोकाहरु तैरिउन् भनेर निः शुल्क फोहोर फ्याँक्न दिएका हौ ? भोलि यो स्थानमा कोहि डुबेर मर्यो भने को हुन्छ यस्को जिम्मेवार जग्गाधनी कि नगरपालिका ? सहयोग गर्नुको साटो हेपाई ..अब त अति भयो अलि अलि बनेको बाटो झन् बिगार्ने फोहोर बोकेका नगरपालिकाका सवारी साधनहरु अब छिट्टै हाम्रो जग्गामा प्रवेश निषेध गर्दैछौ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?