तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १ गल्बुवेसी निवासी ध्यानाचार्य जय श्री हरि खेम गुरुले गरे १०५ पटक रक्तदान गर्नुभएको छ । बेदव्यास वैद्दिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजना आज दमौलीमा रक्तदान कार्यक्रममा रक्तदान गरेपश्चात आफुले १०५ पटक पुगेको उहाँले बताउनुभयो । आफुले १६ बर्षको उमेरदेखि रक्तदान गर्न थालेको र १२१ पटक सम्म रक्तदान गर्ने उक्त अवसरमा उहाँले बताउनुभएको थियो । साथै खेर जाने रगत दान दिएर कसैको जिवन बचाउन सकिने भएको पनि आफु रक्तदान गर्नको लागि सानैदेखि प्रेरित भएको जय श्री हरि खेम गुरुले बताउनुभएको थियो । बेदव्यास वैद्दिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजना र जिल्ला रेडक्रस सोसाईटी चितवनको प्राविधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा २१ पन्टि संकलन भएको छ ।








