बिचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्ने: यस्तै रहेछ यहाँको चलन- भन्दैछन् शेखर कोईराला

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै दल नेपाली कांग्रेसलाई व्यगं गर्दै यस्तै रहेछ यहाँको चलन भन्नेका छन् । डा. कोईरालाले उक्त व्यगं बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको भन्ने प्रसगंमा गरेका हुन् । ।
सरकारका मन्त्रीहरु घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेकोतर्फ पनि डा. कोइरालाले व्यंग्य गरेका छन् ।
कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिमन्त्रीपरिषद बैठकमा भाग लिन्छन् ।’
उनले विपक्षी र सत्ता साझेदार आफ्नै पार्टी नेपाली कांग्रेसलाई पनि निसाना साँधेका छन् ।
डा. कोइरालाले लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।’

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?