नेपालका राजनीतिक दलका कार्यकर्ता तथा नेताहरुमा एउटा बानी छ पहिला भगवान् मानेका नेताहरुसग कुरा नमिलेर हो वा वार्गेनिगं गर्न हो वा भाईरल भईन्छ भनेर हो सामाजिक संजालमा आफ्नै पार्टीका विरुद्ध अन्टसण्ट लेख्ने । ति मध्ये धेरै जसोले स्टन्टका लागि वार्गेनिगंका लागि लेखेपनि केहिले समसामयिक विषयमा समाजका जल्दाबल्दा समस्याहरु लेख्ने गरेका पनि भेटिन्छन् । त्यस्तै मध्ये तनहुँ काँग्रेसका एकजना नेताले चिया पसलमा भन्दै थिए ”पदमा नहुदाँ त फुक्काफाल पदमा हुदाँ गारो हुदोरहेछ । फेसबुकमा समसामयिक बिषयमा स्टाटस लेखेको बैठकमा बुढाहरुले सातो खाए नि ।” ति नेताले भनेको केहि दिन पश्चात पार्टीविरुद्ध फेसबुकमा लेखेको भन्दै कांग्रेसले नवलपरासीका पार्टी प्रवक्ता एवं महासमिति सदस्य राधेश्याम पाठकलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पाठकलाई स्टाटस लेखेको आधारमा स्पष्ट पारिदिन पत्र लेखेका छन् । अझ त्यो भन्दा रोचक त १० वैशाख २०८० मा तनहुँको क्षेत्र नं. १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालमा मत मागेको भन्दै नवलपरासी जिल्ला समितिका सदस्य झविन्द्र ज्ञवालीसँग स्पष्टीकरण सोधिएको छ । ज्ञवालीलाई रास्वपाका उपसभापति वाग्लेले लेखेका स्टाटसमा पार्टीहित विपरीत कमेन्ट गरिएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ । त्यसैगरि संस्थापन ईतर पक्षका धेरै नेता तथा कार्यकर्तालाई स्पष्टिकरण सोधेपछि तनहुँका नेपाली कांग्रेसका नेताहरुलाई पनि ज्वरो आएको छ । के आँट गर्ला त तनहुँ कांग्रेसको संस्थापन पक्षले संस्थापन ईतर पक्ष (शेखर कोईराला पक्ष) लाई कारवाही गर्न ? सबैले चासोका साथ हेरेका छन् तर तनहुँ कांग्रेसका राजनीति खेलाडी तथा व्यासका मेयर बैकुण्ठ न्यौपानेले मन्चबाट नै अरुले मत दिए दिएनन् तपसिलका कुरा भए तर सभापतिमा मैले शेखर कोईरालालाइ मत दिएको हुँ भनेर नेपाली कांग्रेस संस्थापन ईतर पक्षका नेता शेखर कोईराला उपस्थित भएको कार्यक्रममा भनेबाट नै तनहुँ कांग्रेस शेखर पक्षलाई कारवाही गर्न हच्कने सबैले आंकलन गरेका छन् । पुर्वमन्त्री शंकर भण्डारी, वर्तमान् स्वास्थ्य मन्त्री प्रदिप पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई, पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र एवं नेपाली कांग्रेसको अनुशासन समितिका सदस्य ध्रुव वाग्ले र तनहुँ १ को राजनीति आफ्नो मुठ्ठीमा पार्न कस्सिएर लागेका व्यासका मेयर बैकुण्ठ न्यौपानेको खिचातानीले तनहुँ कांग्रेसबाट स्थानिय तहको निर्वाचन, संघिय निर्वाचन र तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा आफ्नो पार्टीको उमेदवारलाई हराउन कम्मर कसेर लाग्ने, अन्तर्घात गर्नेदेखि फेसुबकमा स्टाटस लेख्ने को को पर्लान त कारवाहीमा सबैले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।








