डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भानुको सेपा बगैचामा हस्ताक्षर, पार्टी प्रवेश र पार्टी कार्यालय स्थापना कार्यक्रम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ  तनहुँको भानु नगरपालिका वडा नं ४ को सेपाबगैचामा रास्वपाका उपसभापति एवं तनहुँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भानुको सेपा बगैचामा हस्ताक्षर,  पार्टी प्रवेश र पार्टी कार्यालय स्थापना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी भानु नगर कमिटिले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. वाग्लेले कुसाशनको महोलमा देशमा विकास नभएको कारणले आफुहरु राजनीतिमा होमिएको बताएका थिए । उक्त अवसरमा डा. वाग्लेले २०७९ को मंसिर अगाडि रवि लामिछानेको नेतृत्वको रास्वपाले त्यत्रो मत र सांसद सिट जित्ला भनेर कसैले पत्याएको ििथएन झन् तनहुँको यपनिर्वाचनको परिणामले त ल अव सिद्यायो रविले हामीलाई भनेर उनीहरु रास्वपा जस्ता शक्तिलाई निमोठ्न लागेको बताएका थिए । कार्यक्रममा रास्वपा जलश्रोत तथा उर्जा विभाग प्रमुख ई. श्रीराम न्यौपानेले आफुले थुप्रै नेताहरु सगे संगत र उनीहरुको देशप्रतिको भावना बुझेको हुनाले अब यीनीहरुबाट हुदैन भनेर रास्वपाको अधियानमा आवद्ध भएको र अन्य शक्तिहरुलाई पनि यसै अभियानमा जोड्न लागिरहृेको बताएका थिए । कार्यक्रममा रास्वपा यातायात विभागका केन्द्रीय सदस्य विकास सिग्देल, गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्थ, रास्वपा तनहुँका सभापति विश्व वास्तोला, व्यास नगर सभापति चुडामणी दाहाल, समाजसेवी तथा बुद्धिजिवी डा. गंगा सुवेदी लगायतका वक्ताहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा रास्वपाका उपसभापति एवं तनहुँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लले विभिन्न पार्टी परित्याग गरि रास्वपामा प्रवेश गर्ने व्यक्तिहरुलाई रास्वपाको लोगो लगाई स्वागत गरेका थिए ।
रास्वपा भानु नगर कमिटिका सचिव संदेश आचाइृले संचालन गरेको कार्यक्रम रास्वपा भानुका सभापति बिष्णु पोखरेलको सभापतित्वमा भएको थियो ।
भानु नगरपालिका वडा नं. ५ सेपा बगौचा नजिकै ओलागंमा जन्मेका ईन्जिनियर श्रीराम न्यौपानेको सेपा बगौचा बजारमा रहेको घरमा रास्वपा भानु ४,५ र ६ को वडा कार्यालय स्थापना भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?