७ लाख भन्दा बढी घुससहित वरिष्ठ वन अधिकृत रंगेहात पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख रुपैयाँभन्दा बढी घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
आयोगका अनुसार यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी गरिएको काठसम्बन्धी बिमर्का (बिवरणपत्र) र छोडपूर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस माग गरेका थिए । त्यसै उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ, आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार यादवलाई अख्तियारको टोलीले सोमबार डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो ।
घटनासँग जोडिएका थप व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?