तनहुँ । आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको तनहुँको भानु नगरपालिकामा जनताको करको दुरुपयोग कसरी गरिन्छ महालेखा परिक्षकको प्रतिवेदन २०८०।८१ ले प्रष्टसग देखाएको छ । महालेखा परिषकको प्रतिवेदन २०८०।८१ को प्रतिवेदन अनुसार भानु नगरपालिकामा बार्षिक खरिद योजना / गुरुयोजना अन्तर्गत सार्वजनिक खरिद ऐन, २०६३ ले तोकेको सिमाभन्दा बढि रकम खरिद गर्दा तोकिए बमोजिमको खरिद गुरुयोजना र बार्षिक योजना तयार गर्नुपर्ने व्यवस्था छ त्यस्तै सार्वननिक खरिद नियमावली २०६४ को नियम ७, ले बार्षिक १० करोड भन्दा बढिको खरिद गर्दा गुरुयोजना तयार गर्नुपर्ने नियम ८ ले बार्षिक १० लाखभन्दा बढिको खरिद गर्दा बार्षिक खरिद योजना बनाउनुपर्ने व्यवस्था छ । भानु नगरपालिकाले बिभिन्न शिर्षक अन्तर्गत बार्षिक २७, ९७, १९०६६ रुपैया पुजिंगत खर्च / खरिद निर्माण कार्य गरेको छ । तर पालिकाले आफ्नो खरिद नियमावलि नबनाएको अवस्थामा उक्त ऐन, नियम बमोजिकम बार्षिक खरिद योजना र गुरुयोजना नबनाई खरिद कार्य गरेको देखिएको छ ।
अत पालिकाले उक्त नियमावली बमोजिम खरिद योजना / गूरुयोजना बनाई व्यवस्थित र प्रभावकारी हुने गरि खरिद कार्य गर्नुपर्दछ महालेखा परिक्षकको प्रतिवेदनमा जनाएको छ । यसै बिषयमा कुरा गर्दा भानु नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गौतम भण्डारी बार्षिक खरिद योजना बनाएपछि जटितला थपिएर काम गर्न नसकिने भएकोले महालेखा परिक्षकको कार्यालयले कानुनी हिसाबले भनेपनि धेरै पालिकाले खरिद योजना नबनाएको र भानु नगरपालिका पनि त्यसरी नै चलिरहेको बताएका छन् । यसरी बार्षिक खरिद योजना बनाएर काम गर्नुपर्नेमा भानु नगरपालिकामा मनलाग्दी खर्च गरिएकोले कानुनमा भएको व्यवस्था पालना भएको देखिदैन ।








