छैन भन्दा व्यास नगरपालिकामा २ दर्जनभन्दा बढि नगरप्रहरी छन् । नगर प्रमुख उपप्रमुख लगायत उच्च पदस्थ कर्मचारीको आगमन हुदाँ खुट्टा बजारेर सलाम पनि ठोक्ने गर्छन् तर चाँहिने बेलामा व्यासका नगर प्रहरीहरु के गर्छन् कसैले पत्तो पाउन सकेको छैन । दमौली बजारका फुटपाथहरु अनेकथरि व्यपारीका कब्जामा छन् , सरकारले घर बनाउदा छोड्नु भनेको ३ फिटको सेट व्याक त पर जावोस् व्यापारीहरुले सडकमा नै सामान थुपारेर व्यापार गर्दा नगर प्रहरी देखेको नदेखेझैं गर्दछ । कतिसम्म भने सार्वजनिक जग्गा वा फुटपाथ मिचेर व्यापार गर्ने सटरवाला व्यपारीहरुलाई ”हामी आएको बेला हटाएको झैं गर्नु न एकछिनमा हामी गईहाल्छौ नि” भनेको त लेखकले कयौपटक सुनेको छ । व्यापारीहरुले पैदलयात्री हिड्न बाधा पुग्ने गरि पसल अगाडि ट्रष्ट राखेर , त्रिपाल टाँगेर, निर्माण सामाग्री लगायतका अन्य सामाग्रीहरु थुपारेर पैदलयात्री र कानुनको हुर्मत लिईरहेका छन् तैपनि व्यासको नगर प्रहरी चुपचाप तलब थापिरहेको छ र नगर प्रमुख, उपप्रमुख लगायत उच्च पदस्थ कर्मचारीको सवारी हुदाँ खुट्टा बजारेर सलाम गरिरहेका छन् ।
हुन त केहि बर्ष अगाडि आफुलाई सामाजिक अभियन्ता बताउने निकेष ढाका नामका एकजना व्यक्तिले जनप्रतिनिधिलाई फकाई फुल्याई म व्यास नगरपालिकालाई पोलिथिन मुक्त बनाउछु भन्दै योजना फरक फारक पारि २० लाख रुपैयाभन्दा बढि रकम कुम्ल्याएर प्लाष्टिकको थुप्रो लगाएर हिडेका थिए । २० लाख भन्दा बढि रकम खर्च गर्दा पनि केहि लछारपाटो नलागेपछि नगरपालिकाले फेरि अर्को योजना ल्यायो व्यासलाई पोलिथिन झोला मुक्त बनाउने र समितिको संयोजक तोकिए व्यास ११ का रनसिंग नेपाली । व्यास नगरपालिकाका अन्य समितिको तुलनामा रनसिं नेपालीको समितिको काम केहि सन्तोषजनक देखिदै आएको थियो । तर एकाएक बुधवार व्यास नगपालिकाको दमौली बजारको तरकारी लाईनमा एउटा अपाच्य दृश्य देखियो जस्ले सारा व्यास नगरवासीको ध्यान मोडिएको हुनुपर्छ । अनुगमनमा हिडेको रनसिं नेपालीको टोलीमा माथि तरकारी बजारमा एक जनाले युवाले यसरी शब्दले आक्रमण गरेकि सुन्ने गारो पर्ने भएको छ । सुन्दा अपाच्य लाग्ने शब्दहरुले आक्रमण गर्दा एकजना नगरप्रहरी कस्सिएर बोलेपनि सवारीमा सलाम ठोक्न तम्सने अरु नगरप्रहरीले पर्खालै जोडिएको नगरपालिकाबाट अन्य नगर प्रहरीलाई डाँकेर अपशब्द बोल्ने ति युवासग केरकार गर्न सकेन । ति अपशब्दका वाण सहन नसकेर आफ्नो काम, कर्तव्य र अधिकार प्रयोग गर्छु भनेर आएका समितिका संयोजक रनसिं नेपाली निस्केर कार स्टार्ट गरेर भाग्नु पर्यो । यहाँनिर प्रश्न उठेको छ के नगरपालिका त्यति कमजोर छ कि अनुगमनमा जाँदा कसैले अलिकति ठुलो स्वरमा थर्काए भाग्नुपर्ने गरि काम गरेकोछ ? अनि नगर प्रहरी त्यति लाचार छ आफुसगै गएका नगरपालिकाद्धारा गठित समितिका संयोजकमाथि अभद्र व्यवहार हुदाँ लाचार भएर बस्न के ले प्रेरित गरेको छ ? कि आमसर्वसाधारणहरुले ‘‘नगरप्रहरीले तरकारी र फलफुल व्यापारीसग सित्तैमा लिनेगर्छन् नि ” भन्ने भनाईले गर्दा अन्य नगरप्रहरी नडाँकि चुप्प लाग्न बाध्य बनाएको छ । अब प्रश्न खडा भईरहेको छ सवारीमा सलाम ठोक्न मात्र भने नगर प्रहरी किन चाँहियो ? अनि सगसगै प्रश्न उठेको छ भाग्न नै हो भने समिति किन गठन गर्नुपर्यो ? व्यास नगरपालिकाले गम्भिरताका साथ सोेचोस् कि कस्लाई कारवाही गर्ने कस्लाई सम्मान गर्ने ? होईन भने अराजकता यसरी मौलाउने छ कि व्यासका जनप्रतिनिधिहरुलाई लखेट्नेलाई एकदिन जनताले फुलामाला लगाएर शहर घुमाउनेछन् ।








