तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ।
रास्वपाले सरकारले आफ्ना पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा एक महिनाको अवधिमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर पार्टीको रेकर्डमा आइपुगेको रास्वपाले जनाएको छ । यतिवेला रास्वपा पार्टी सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभर चलाइरहेको छ भने विदेशमा पनि हस्ताक्षर अभियान चलिरहेको छ । रास्वपा केन्द्रीय कार्यालयका अनुसार असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म संकलित हस्ताक्षरको विवरण निम्नानुसार छ?
कोशी प्रदेशः २,१३,१०६ मधेस प्रदेशः १,०४,३६० वागमती प्रदेशः ७,१३,३३१ गण्डकी प्रदेशः ५,१२,९१४ / लुम्बिनी प्रदेशः २,५२,४३१ / कर्णाली प्रदेसः ७२,१४२ / सुदूरपश्चिम प्रदेशः १,१०,५१२ / केन्द्रीय कार्यालयः ३६,५१० / काठमाडौंमा र्याटको व्यवस्थापका बुथः ७४,११३ /
ह्वास्टएप मार्फतः ७,००,५५२ / इमेल मार्फतः ८३,५६६ जम्मा – २७,५०,६७७








