तनहुँ । १८ बर्षसम्म ब्लड क्यान्सर हुदाँ पनि उच्च मनोवलका साथ बाँचेका तनहुँको बन्दीपुर ५ याम्पाढाब निवासी भिमबहादुर क्षेत्रीको ४७ बर्षको उमेरमा मृत्यु भएको छ । २९ वर्षकै उमेरमा रोगले गलेका उन्ले अटुट आत्मबिश्वासले १८ बर्षसम्म आफुलाई जिवित राखेका थिए । १ छोरीहरु ७ र ३ बर्षको हुदाँ आफुलाई ब्लड क्यान्सर भएको थाहा पाएका क्षेत्रीले हिम्मत नहारिकन श्रीमतीका सुाथमा रहेर पृथ्वी राजमार्ग सडकखण्डको याम्पाको ढाबमा होटल ब्यवसाय गरेका थिए । छोरीहरुको लालनपालन , शिक्षादिक्षा र औषधि उपचार गर्नु पर्ने जिम्मेवारीेले उन्ले होट व्यवसायसगै बाख्रा पालन पनि गरेका थिए । ब्लड क्यान्सर जस्तो रोग अनि जिम्मेवारी निभाउदै क्षेत्रीले अ ाफ्ना छोरीहरुलाई उच शिक्षाको लागि अष्ट्रेलिया पठाउन सफल भएका थिए । क्षेत्रीका बुधबार राती निधन भएको छ र उन्का छोरीहरुले बाबुको शव घाटसम्म बोकेर लानुका साथै दागवत्ति पनि दिएका छन् ।
(तस्विरः रेडियो बन्दीपुर रेडियो ./ बन्दीपुर रेडियोको सहयोगमा)








