आँबुखैरेनीको ऐना पहरामा बस खस्यो १ जना गम्भिर घाईते : यात्रुहरुको उद्धार गरिदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको आँबुखैरेनी वडा नं. २ ऐना पहरामा बस खसेको छ । गोरखाबाट नारायणगढ चल्ने बस खसेर बसको केहि भाग जमिनमा घसिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीले जानकारी दिएका छन् । सुवेदीका अनुसार बसबाट ५ जना यात्रुहरुको  उद्धार गरिएको, एकजनाको अवस्था गम्भिर रहेकोले चितवन पठाईको र बाँकी घाईतेको आँबुखैरेनीको अस्पतालमा उपचार भईरहेको छ । प्रतिकुल स्ूथानमा दुर्घटना भएको कारण बसमा यात्रारत यात्रुको बारेमा यकिन संख्या थाहा भईनसेको र क्रेनले माटोमा घसिएको बस निकालेपछि विस्तृत विवण आउने प्रहरी निरिक्षक सुवेदीले जानकारी दिएका छन् । साथै चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पनि प्रहरी निरिक्षक सुवेदीले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?