दुर्गा प्रसाईंलाई घरौटीमा छोड्न आदेशः आपराधिक उपद्रवमा संलग्नताको विश्वासिलो प्रमाण भेटिएन

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । उच्च अदालत पाटनले गत चैत १५ को तीनकुने आन्दोलनका प्रमुख योजनाकार दुर्गा प्रसाईं आपराधिक उपद्रवमा संलग्न भएको विश्वासिलो प्रमाण नभेटिएको जनाएको छ ।
न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङले उनलाई तीन लाख धरौटीमा छोड्ने आदेश गरेका छन् ।
यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई आपराधिक उपद्रवको मुद्दामा थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त आदेश आज उच्च अदालतले उल्टाएको हो ।
अदालतले भनेको छ, ‘‘।निज अभियोग दावी बमोजिमको आपराधिक उपद्रवको घटनामा निजको उपस्थिति र निजले प्रत्यक्षरुपमा सो कार्य गराउन लगाए, अह्राएको भन्ने विश्वासयोग्य प्रमाण पेश हुन सकेको देखिँदैन ।’
उच्चले गत २०८२ जेठ २९ मा जिल्ला अदालतले गरेको आदेश नमिलेको भन्दै बदर भएको जनाएको छ । तथापि, प्रसाईं समेतले आयोजना गरेको कार्यक्रमको सिलसिलामा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति भएको तथ्य, उनी क्यान्सर पीडित रहेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको तथा समानताको सिद्धान्तलाई विचार गरी ३ लाख रुपैयाँ धरौटी लिन इजलासले भनेको छ ।
प्रसाईंविरुद्ध बैंकिङ कसुरको मुद्दा पनि थियो । त्यसमा भने न्यायाधीशले २५ लाख रुपैयाँ धरौटी मागेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?